सुनकोशी-१ मा दशैं, दिपावली र छठको अवसरमा "प्रथम पानीपोखरी कप" भलिबल प्रतियोगिता हुने


 सुनकोशी, सिन्धुली - यस वर्षको बडा दशैं, दिपावली र छठ पर्वको अवसरमा पानीपोखरी युवा क्लबले "प्रथम पानीपोखरी कप" भलिबल प्रतियोगिता - २०८३ आयोजना गर्ने भएको छ।


"खेलकुदका साथ भातृत्वको भावना; मनोरञ्जन र सहभागिता हाम्रो चाहना" भन्ने मुल नाराका साथ हुन लागेको यो प्रतियोगिता १ नं. वडास्तरीय हुनेछ।


क्लबका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार रु. १२,०००/- सहित ट्रफी, मेडल र प्रमाण-पत्र र द्वितीय पुरस्कार रु. ८,०००/- सहित मेडल र प्रमाण-पत्र रहेको छ। सहभागी सबै टिमलाई प्रमाण-पत्र प्रदान गरिनेछ।


खेल सम्बन्धि जानकारी:

•  टिम दर्ता: २०८३ असोज ३० गते सम्म

•  दर्ता शुल्क: रु. १,२००/-

•  खेल हुने मिति, समय र स्थान: २०८३ कार्तिक २ गते, बिहान ८:०० बजेदेखि, सुनकोशी-१, दुम्जा, पानीपोखरी

•  सम्पर्क: ९८४९५६८५९७ (रोशन), ९७४५३७२४६३ (सरोज)


प्रतियोगिताका नियमहरु:

१.  सहभागी खेलाडी सुनकोशी गाउँपालिका वडा नं. १ भित्रको स्थायी बासिन्दा हुनुपर्नेछ।

२.  खेल भलिबल संघ र आयोजकको नियम अनुसार खेलाइनेछ।

३.  खेलमा विवाद सिर्जना भएमा रेफ्रीको निर्णय नै अन्तिम निर्णय मानिनेछ।

४.  खेलको ट्राइसिट २०८३ कार्तिक १ गते प्रकाशन गरिनेछ।


पानीपोखरी युवा क्लब परिवारले सुनकोशी गा.पा. १ निवासी सम्पूर्ण महानुभाव, युवा एवं खेलप्रेमी साथीहरुलाई प्रतियोगितामा सहभागी भई प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...