सिन्धुली कांग्रेसमा महाधिवेशन शुल्कमा चर्को विरोध - जेन्जी नेता मबिन लामाले Update Nepal सँग भने, "यो मुद्दा सशक्त रुपमा उठाउँछु"

 सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीमा महाधिवेशन शुल्क मनोमानी रुपमा बढाउँदै लगिएको र पार्टी भित्र समाजवादको नारा हटाएर पुँजीवाद लादिएको भन्दै विवाद चुलिएको छ।


यस विषयमा युवा तथा जेन्जी नेता मबिन लामा ले Update Nepal सँगको छोटो संवादमा यो मुद्दालाई सशक्त रुपमा उठाउने बताएका छन्। उनले भने —


"महाधिवेशन शुल्क बढाउँदै लानु भनेको युवालाई पाखा लगाउनु हो। पार्टीमा समाजवादको नारा हटाएर पुँजीवाद लाद्न खोजिएको छ। यस्तै नेतृत्वलाई भोट हाल्न युवा अघि बढ्नु भनेको कांग्रेसको भविष्य मार्नु हो। म यो मुद्दा हरेक प्लेटफर्ममा सशक्त रुपमा उठाउँछु। हामी केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसारको शुल्क तिर्न तयार छौं, तर अवैध असुली मान्दैनौं।"


यस्तै नेतृत्वलाई जिताउँदा पार्टी पैसावालको कब्जामा जाने उनको आरोप छ।


नेता मबिन लामा द्वारा लिखित लेख:


पैसाको कांग्रेस कि विचारको कांग्रेस?

- मबिन लामा


आज सिन्धुली कांग्रेसमा के भइरहेको छ? महाधिवेशन शुल्क बढाउँदै लानुको अर्थ के? यो महाधिवेशन हो कि लिलामी?


हामीले पढेको र बुझेको कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादको जगमा उभिएको थियो। तर आज सिन्धुलीमा समाजवादको नारा हटाएर पुँजीवाद लाद्ने षड्यन्त्र भइरहेको छ।


सबैभन्दा दुख लाग्दो कुरा त यस्तै नेतृत्वलाई भोट हाल्न युवा अघि बढ्नु हो। हामी जेन्जी पुस्ता यो पैसाको खेललाई चिर्न चाहन्छौं।


हाम्रो स्पष्ट अडान छ — नोट: केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसारको शुल्क तिर्न हामी तयार छौं, तर केन्द्रको निर्णय भन्दा बाहिर गएर लिइने एक रुपैयाँ पनि हामीलाई मान्य छैन।


NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...