सुनकोशी भूगोल युवा तर्फबाट क्षेत्रीय सचिव पदमा छेडुप मोक्तान (लामा) उम्मेदवार - सिन्धुली क्षेत्र नं. २ मा युवाको लहर


सिन्धुली - नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन २०८३ नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ। सुनकोशी गाउँपालिका भूगोल युवा तर्फबाट क्षेत्रीय सचिव पदमा युवा नेता छेडुप मोक्तान (छेडुप लामा) ले उम्मेदवारी दिनुभएको छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मन्त्र बोकेको नेपाली कांग्रेसलाई युवा नेतृत्वले अझ सशक्त बनाउने भन्दै उहाँलाई अत्यधिक बहुमतले विजय गराउन सुनकोशीवासीले अपिल गरेका छन्।
को हुन् छेडुप मोक्तान?सुनकोशी भूगोलमा लामो समयदेखि युवाहरुको बीचमा लोकप्रिय रहनुभएका छेडुप लामा, युवाहरुलाई प्रोत्साहन र पार्टी संगठनलाई बलियो बनाउने एजेण्डा लिएर मैदानमा उत्रिनुभएको हो।
सिन्धुली क्षेत्र नं. २ का सम्पूर्ण आम क्षेत्रीय प्रतिनिधि ज्यूहरुलाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतले विजय गराइदिनुहुन उहाँले हार्दिक विनम्र अनुरोध गर्नुभएको छ।
सुनकोशीका युवाहरुको भनाई छ - "नेपाली कांग्रेसको शान, युवालाई प्रोत्साहन, हाम्रो रोजाई छेडुप मोक्तान।"
जय नेपाल!

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...