सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीमा महाधिवेशन शुल्क मनोमानी रुपमा बढाउँदै लगिएको र पार्टी भित्र समाजवादको नारा हटाएर पुँजीवाद लादिएको भन्दै विवाद …
Update Nepal
सुनकोशी गाउँपालिका सभापतिमा किन बिकास भण्डारीको चर्चा ? जेन्जीले भने - "हाम्रो समर्थन बिकासलाई"
> सुनकोशी गाउँपालिका सभापतिमा किन बिकास भण्डारीको चर्चा ? जेन्जीले भने - "हाम्रो समर्थन बिकासलाई"
सिन्धुली- नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिएसँगै सुनकोशी गाउँपालिकामा सभापतिको दौड तातिएको छ। अहिले सुनकोशी कांग्रेसमा सबैभन्दा बढी चर्चामा रहेको नाम हो - बिकास भण्डारी।
उहाँको चर्चामा रहनुका २ वटा मुख्य कारण छन्।
संगठनिक अनुभव:
बिकास भण्डारी १४औं महाधिवेशनमा सुनकोशी गाउँपालिका सचिवमा निर्विरोध निर्वाचित नेता हुनुहुन्छ। सचिव भएर ५ वर्ष पार्टी चलाएको अनुभव उहाँसँग छ।
पार्टीका कार्यकर्ताका अनुसार भर्खरै सुनकोशीका ७ वटै वडामा १६८ जना क्षेत्रीय प्रतिनिधि सर्वसहमतिमा चयन हुनु र वडा सभापतिहरु राजु कोइराला, बिजु मोक्तान, मदन आचार्य, रजिन मगर, अर्जुन थापा, दामोदर उप्रेती, चासुम थोकर सबैलाई मिलाउन सक्नुमा उहाँको ठुलो भूमिका छ। क्षेत्रीय प्रतिनिधि छेडुप लामा लगायतको समर्थन पनि उहाँलाई रहेको छ।
जेन्जीको मन जितेका नेता:
सुनकोशीका जेन्जी (Gen-Z) युवाहरु खुलेरै बिकास भण्डारीको पक्षमा देखिएका छन्।
एक जेन्जी युवाले भने, "हामीलाई भाषण गर्ने नेता होइन, काम बुझ्ने नेता चाहिएको हो। बिकास दाई हाम्रै भाषामा कुरा गर्नुहुन्छ। विदेश जान बाध्य युवालाई सुनकोशीमै रोजगारी कसरी सिर्जना गर्ने, कृषिलाई आधुनिक कसरी बनाउने, फ्री वाईफाई र डिजिटल पालिका कसरी बनाउने भन्ने कुरा गर्नुहुन्छ।"
जेन्जीले उहाँलाई मन पराउनुको ३ कारण:
क) पहुँच सजिलो: पुराना नेता भेट्न घर धाउनुपर्छ, उहाँलाई फेसबुक/इन्स्टा/ह्वाट्सएपमा म्यासेज गर्दा सिधै रिप्लाई आउँछ।
ख) आसेपासे राजनीति छैन: चाकडी गर्ने, झोले राख्ने शैली उहाँमा छैन। १४औं मा सचिव हुँदा पनि सबैलाई समान व्यवहार गरेको देखेका छन्।
ग) युवाको एजेण्डा: उहाँ विद्यार्थी कालदेखि नेविसंघ हुँदै आएकोले युवा बेरोजगारीको पीडा बुझ्नुहुन्छ।
त्यसैले अहिले सुनकोशीको टोल-टोलमा जेन्जीले नै भनिरहेका छन् - "१४औं मा निर्विरोध सचिव, १५औं मा सर्वसम्मत सभापति, हाम्रो समर्थन बिकास भण्डारीलाई।"
Join the conversation