सिन्धुली कांग्रेसमा नयाँ आशा - जेन्जीको सोच र अग्रजको अनुभवलाई जोड्दै जनक राज पौडेल प्रदेश सभापतिमा उम्मेदवार


 सिन्धुली, २४ सेप्टेम्बर - नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुलीमा “एकता, संकल्प र नविन सोच कांग्रेस” भन्ने नाराका साथ प्रदेश सभापति (प्रदेश क) क्षेत्र नं. २ मा जनक राज पौडेल ले उम्मेदवारी घोषणा गर्नुभएको छ। सादा जीवन, उच्च विचार र निरन्तर समाजसेवामा सक्रिय रहनुभएका पौडेलले आफ्नो उम्मेदवारीलाई जेन्जी पुस्ताको नयाँ सोच, अग्रज नेताहरुको विचार विरासत र समाजसेवीहरुको अनुभवलाई एकै ठाउँमा जोड्ने पुल को रुपमा प्रस्तुत गर्नुभएको छ।


“विचार विरासत र भविष्यसँगै .... वि पी कोइराला” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै उहाँले ‘हकहित, अधिकार र समृद्धिका लागि नेपाली कांग्रेस सधैं अग्रसर’ हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


तीन पुस्ताको समन्वय:


जेन्जी पुस्ताका लागि: “हामी सबैको साझा लक्ष्य – सुदृढ नेपाली कांग्रेस” लाई व्यवहारमा उतार्न डिजिटल प्रविधि, रोजगारी र उद्यमशीलताको एजेन्डालाई प्राथमिकतामा राख्ने उहाँको भनाई छ।


अग्रज नेताहरुको सम्मान: राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्तलाई कहिल्यै नबिर्सने र अग्रजहरुले देखाएको बाटोमा संगठनलाई मजबुत बनाउने उहाँको संकल्प छ।


समाजसेवीको भावना: लामो समयदेखि सिन्धुलीको सामाजिक क्षेत्रमा सक्रिय पौडेलले ‘मजबुत संगठन, सक्षम नेतृत्व, समाजसेवी कांग्रेस’ लाई आफ्नो मूल नारा बनाउनुभएको छ।


स्थानीय युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्ताहरुले पौडेलको उम्मेदवारीले कांग्रेसभित्र नयाँ ऊर्जा र एकता ल्याउने विश्वास व्यक्त गरेका छन्। सरल र सबैसँग घुलमिल हुन सक्ने उहाँको छविले सिन्धुली कांग्रेसलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...