अविरल वर्षाले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, कहिले खुल्ने टुंगो छैन
काभ्रे/सिन्धुली, असोज ११ –
लगातार परेको अविरल वर्षाका कारण काठमाडौंलाई तराईसँग जोड्ने मुख्य लाइफलाइन बिपी राजमार्ग विभिन्न स्थानमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन्।
आज बिहानदेखि फेरि लगातार पानी परिरहेकाले पहिरो पन्छाउने काममा कठिनाई भएको छ र सडक कहिले खुल्छ भन्ने निश्चित छैन।
Update Nepal Bite लाई प्राप्त जानकारी अनुसार बिपी राजमार्ग अवरुद्ध भएका मुख्य स्थानहरु:
बुँदागत विवरण:
• नमोबुद्ध न.पा ६ - चौकीडाँडामा: करिब २५० मिटर सडक बगाएको छ।
• रोशि गा.पा ७ - घुमाउनेमा: सडक कटान भएको छ।
• रोशि गा.पा ७ - चारसयमा: ठूलो पहिरो खसेको छ।
• रोशि गा.पा ८ - गिम्दीबेसीमा: ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ।
• रोशि गा.पा ११ - कालढुङ्गामा: सडक कटान भएको छ।
• रोशि गा.पा ११ - पिप्लेमा: माथिबाट पहिरो झरेको छ।
• रोशि गा.पा १२ - माम्तिमा: सडक कटान भएको कारण आवतजावत ठप्प छ।
सडक डिभिजन कार्यालयका अनुसार पानी रोकिएपछि मात्रै मर्मतको काम सुरु हुनेछ। यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न र अत्यावश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।
तस्बिरमा देखिए जस्तै रोशी खोलामा आएको बाढीले सडकको धेरै भाग कटान गरेको छ।
- Update Nepal Bite परिवार
Join the conversation