सिन्धुली क्षेत्र नं २ बाट सन्तोष घिमिरे निर्विरोध निर्वाचित, दलित समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि बने


 सिन्धुली । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला क्षेत्र नं. २ बाट दलित समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सन्तोष घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।


क्षेत्र नं २ बाट दलित समानुपातिक कोटामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि घिमिरेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनको निर्विरोध निर्वाचनले क्षेत्र नं २ मा उनको बलियो पकड र सर्वस्वीकार्यतालाई पुष्टि गरेको छ ।


नेपाली कांग्रेसले समावेशी सिद्धान्त अन्तर्गत दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिक प्रणाली लागू गरेको छ । सोही अन्तर्गत निर्वाचित भएका घिमिरे लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् । पार्टी संगठन सुदृढीकरण र दलित समुदायको हकहितका लागि उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।


निर्विरोध निर्वाचित भएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुले उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।


नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा दलित समुदायबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनु आफैमा ठूलो उपलब्धि मानिन्छ । यसले उनको आगामी राजनीतिक यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।


नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि घिमिरेलाई हार्दिक बधाई तथा आगामी राजनीतिक यात्राको सफलताको शुभकामना ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...