काभ्रे प्रतिनिधिसभा १ (क) को सभापतिमा रण बहादुर तामाङ सर्वसम्मत निर्वाचित
काभ्रे । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) को सभापति पदमा रण बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको वडा तथा क्षेत्रीय अधिवेशन देशभर तीव्र गतिमा भइरहँदा काभ्रेमा भने सहमतिको राजनीतिले जीत हासिल गरेको छ। काभ्रे क्षेत्र नं १ (क) मा सभापति पदका लागि कुनै प्रतिस्पर्धा नभई सबै पक्षको साझा सहमतिमा तामाङलाई सर्वसम्मत चयन गरिएको हो।
सर्वसम्मत नेतृत्व चयन हुनुले पार्टी भित्रको एकता र संगठनात्मक मजबुतीलाई दर्शाउँछ। गुटगत प्रतिस्पर्धा बढिरहेको अवस्थामा काभ्रे (क) बाट आएको यो सहमतिको सन्देशले जिल्लाभर सकारात्मक तरंग ल्याएको छ।
रण बहादुर तामाङ लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका नेता हुन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात गर्दै उनले पार्टी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। स्थानीय स्तरमा जनताको सुख-दुःखमा साथ दिने नेताको रूपमा उनको पहिचान स्थापित छ।
सर्वसम्मत निर्वाचित भएपछि शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरुले उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

Join the conversation