"तपाईंहरूको अमूल्य मत नै मेरो शक्ति हो" - सिन्धुली क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा माननीय क्षेत्रबहादुर बम्जनको उम्मेदवारी घोषणा




सिन्धुली । नेपाली कांग्रेसका सच्चा सिपाही तथा जनताको सेवामा सधैँ समर्पित नेता, सिन्धुली क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य माननीय क्षेत्रबहादुर बम्जन ले नेपाली कांग्रेसको १५औं महाधिवेशन मा सिन्धुली क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।


"राष्ट्र, लोकतन्त्र, समाजवाद र समृद्धिको" मूल मन्त्रलाई आत्मसात गर्दै, "सबल कांग्रेस, समृद्ध नेपाल" र "नेपाली कांग्रेसको १५औं महाधिवेशन सफल पारौं" भन्ने नाराका साथ उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो ।


को हुन् क्षेत्रबहादुर बम्जन ?


माननीय बम्जन सिन्धुली कांग्रेसमा मात्र नभई समग्र सिन्धुलीको विकासमा परिचित नाम हो ।


उहाँको परिचय यस प्रकार छ :

नेपाली कांग्रेसमा निरन्तर सक्रिय कार्यकर्ता

सिन्धुली क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य

२०७९ सालको प्रदेशसभा निर्वाचनमा १६,६३५ मत प्राप्त गरी विजयी

निर्माण व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय व्यक्तित्व

सडक, कुलो, खेलमैदान लगायतका पूर्वाधार विकासमा अतुलनीय योगदान

विपद्को समयमा नागरिकको सहयोगमा सधैँ अग्रपंक्तिमा


निर्माण व्यवसायीको रुपमा उहाँले सिन्धुलीको ग्रामीण भेगमा सडक, कुलो, खानेपानी र खेलमैदान जस्ता पूर्वाधार निर्माण गरेर जनताको मन जित्नुभएको छ ।


"तपाईंहरूको मत नै मेरो जितको आधार हो" - बम्जन


उम्मेदवारी घोषणासँगै माननीय बम्जनले सम्पूर्ण वडा सभापतिज्यूहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू तथा नगर सभापतिज्यूहरूसँग भावुक अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ -


> "आदरणीय वडा सभापतिज्यूहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू तथा नगर सभापतिज्यूहरू, तपाईंहरूको अमूल्य मत नै मेरो शक्ति हो, मेरो भरोसा हो र मेरो जितको आधार हो। तपाईंहरूको विश्वास र साथलाई म सधैँ सम्मानका साथ आत्मसात् गर्नेछु।"


उहाँको मुख्य नारा नै "जनताको विश्वास म मेरो शक्ति हो" रहेको छ ।


के छन् उहाँका ५ प्रतिबद्धताहरु ?


बम्जनले आफ्नो उम्मेदवारीसँगै ५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ :


पार्टी संगठन सुदृढीकरण र एकता कायम गर्ने

युवा, महिला र आम कार्यकर्ताको सशक्तिकरण गर्ने

विचार, बहस र समावेशी लागी आवाज उठाउने

राम्रो पूर्वाधार, समृद्ध स्थानीय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा जोड दिने

समाजसेवा, विकास र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्ने


सिन्धुली क्षेत्र नं २ मा उहाँको उम्मेदवारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । प्रदेशसभा सदस्यको रुपमा जनतामाझ निरन्तर रहनुभएका, विकास र समाजसेवामा सक्रिय रहनुभएका बम्जनलाई महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी गराउने चर्चा कार्यकर्तामाझ चलिरहेको छ ।


उहाँले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई "आफ्नो अमूल्य मतले मलाई अत्यधिक मतले विजयी गरिऔं । जय नेपाल ! जय नेपाली कांग्रेस !!" भन्दै अपिल गर्नुभएको छ ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...