१४औं महाधिवेशनबाट निर्वाचित सिन्धुली क्षेत्र नं २ का सभापति कुमार ढकालको १५औं महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
१४औं महाधिवेशनबाट निर्वाचित सिन्धुली क्षेत्र नं २ का सभापति कुमार ढकालको १५औं महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिन्धुली । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सिन्धुली क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा सिन्धुली कांग्रेसका सशक्त अग्रज नेता कुमार ढकाल ले नेपाली कांग्रेसको १५औं महाधिवेशन मा खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि (केन्द्रीय महाधिवेशन प्रतिनिधि) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
१४औं महाधिवेशन पछि ४ वर्षसम्म सिन्धुली क्षेत्र नं २ को पार्टी संगठनको नेतृत्व सफलतापूर्वक सम्हाल्दै आउनुभएका ढकालले अब १५औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा आफूलाई प्रस्तुत गर्नुभएको हो ।
पार्टीको १५औं महाधिवेशनका लागि देशभर वडा देखि पालिका तहसम्मका अधिवेशनहरु सम्पन्न भईरहेको अवस्थामा सिन्धुलीका ९ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । सोही सन्दर्भमा क्षेत्रीय सभापति ढकालले आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।
नवनिर्वाचितलाई बधाई दिँदै मतको अपिल
सभापति ढकालले १५औं महाधिवेशन अन्तर्गत सम्पूर्ण नगरपालिका / गाउँपालिका र वडाबाट निर्वाचित हुनुभएका सभापति तथा प्रतिनिधीज्यूहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले जारी गर्नुभएको अपिलमा भनिएको छ -
"प्रिय एवं आदरणीय दाजुभाई तथा दिदीबहिनीमा जय नेपाल, ल्हास्सो, फ्याफुल्ला, झोर्ले, ज्वज्वलोपा, नमस्ते । १५ औं महाधिवेशनमा सम्पूर्ण न.पा./गा.पा., वडाबाट निर्वाचित हुनुभएका सभापति तथा प्रतिनिधीज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना । हिजोका दिनमा पनि तपाईंहरुबाटै प्राप्त माया, विश्वासलाई आधार मानेर यस १५ औं महाधिवेशनमा खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको छु । तपाईंहरुले आफ्नो अमूल्य मत प्रदान गरी पुनः विजयी गराइदिनुहुनेछ भन्ने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।"
१४औं महाधिवेशन यता क्षेत्रीय सभापतिको हैसियतमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै, चुनावहरुमा पार्टी परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका ढकालले अब केन्द्रमा रहेर पार्टीको नीति निर्माण तहमा सिन्धुलीको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
"बलियो कांग्रेस, समृद्ध नेपाल" भन्ने मूल नाराका साथ अघि बढ्नुभएका उहाँलाई पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने अग्रज प्रभावसाली नेताको रुपमा हेरीएको छ।
Join the conversation