सिन्धुलीमा सशक्त महिला आवाज: समाजसेवी सीता स्याइतान सभापति पदको उम्मेदवार


 सिन्धुली - नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नम्बर २ (प्रदेश २ ख) मा एक सशक्त महिला आवाजको चर्चा चुलिएको छ।


समाज सेवामा लामो समयदेखि सक्रिय रहनुभएकी समाजसेवी सीता स्याइतान ले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मसाथ गर्दै उहाँले "बलियो कांग्रेस, समृद्ध नेपाल" को नाराका साथ आफ्नो उम्मेदवारी अगाडि सार्नुभएको हो।


लामो समयदेखि महिला सशक्तिकरण, शिक्षा र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आउनुभएकी स्याइतान स्थानीय माझ एकदम लोकप्रिय हुनुहुन्छ। एकता, संकल्प, नविन सोचका साथ कांग्रेसलाई बलियो बनाउने उहाँको लक्ष्य रहेको छ।


सिन्धुली जस्तो विकट जिल्लाबाट एक महिला नेतृले सभापति जस्तो गरिमामय पदमा दाबी गर्नुले आम महिला दिदीबहिनीहरुमा ठूलो हौसला मिलेको स्थानीय बताउँछन्।


उहाँको उम्मेदवारीले यस क्षेत्रमा नयाँ तरंग ल्याएको छ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...