सिन्धुलीका युवा नेता डम्बर कार्कीले खस आर्य तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


 


सिन्धुली - नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा सिन्धुलीका युवा नेता डम्बर बहादुर कार्कीले केन्द्रीय सदस्य (खस आर्य) तर्फबाट उम्मेदवारी घोषणा गरेका छन्।


"समयको संकेत बुझ्ने, परिवर्तनको बाटो रोज्ने" भन्ने मूल नाराका साथ कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका कार्की सिन्धुली कांग्रेसका उदीयमान युवा नेताको रुपमा परिचित छन्।


पार्टीभित्र युवाहरुको प्रतिनिधित्व र रुपान्तरणको एजेन्डा बोकेर आफू केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएको कार्कीले बताएका छन्। १५ औं महाधिवेशनमा खस आर्य तर्फको केन्द्रीय सदस्य पदका लागि देशभरबाट आकांक्षीहरु बढ्दै गर्दा सिन्धुलीबाट कार्कीको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


उनको उम्मेदवारी घोषणासँगै सिन्धुली लगायत बागमती प्रदेशका युवा कार्यकर्ताहरुमा उत्साह थपिएको छ।



NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...