सिन्धुली सुनकोशी-१ मा क्रसरको पोखरीमा डुबेर आमा-छोरीको मृत्यु, निष्पक्ष छानबिनको माग


 


सिन्धुली - सुनकोशी गाउँपालिका वडा नं. १ आपघारीमा रहेको क्रसर उद्योग प्रयोजनका लागि खनिएको पानीको पोखरीमा डुबेर आमा-छोरी दुई जनाको ज्यान गएको छ।


मृत्यु हुनेमा ओखलढुंगा स्थायी घर भई दशैं मान्न माइती आएकी सुनकोशी गाउँपालिका-१ आपघारी निवासी बद्री प्रसाद कोइरालाकी जेठी छोरी सतिदेवी कोइराला र उहाँकी छोरी रहेकी छिन्।


घटनाको विवरण

हिजो दिउँसो करिब २/३ बजेको समयमा आमा-छोरी नुहाउने क्रममा रहेका थिए। सोही क्रममा खेल्दै गरेकी छोरी पोखरीमा डुब्न पुगेको र साथमा रहेकी अर्की बालिकाले आमालाई खबर गरेपछि छोरीलाई बचाउन जाँदा आमा समेत डुबेर दुवैको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


क्रसरको लापरबाही

स्थानीयका अनुसार क्रसर उद्योगले प्रयोगका लागि ठूलो पोखरी खनेर खुला रुपमा छोडेको थियो। पोखरी वरिपरि कुनै घेराबार, तारजाली तथा चेतावनीमूलक सूचना नराखिएको र त्यसकै कारण यो दुखद घटना घटेको स्थानीयको भनाइ छ।


निष्पक्ष छानबिन हुनुपर्ने माग

यस घटनालाई कुनै पनि राजनीतिकरण नगरी निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन हुनुपर्ने माग गरिएको छ।


क्रसर उद्योगले मापदण्ड विपरित पोखरी खनेको हो कि होइन, सुरक्षा उपाय अपनाएको थियो कि थिएन, सम्बन्धित निकायबाट अनुमति लिएको थियो कि थिएन भन्ने विषयमा गहिरो छानबिन हुन जरुरी छ।


मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै पीडित परिवारले न्याय पाउनुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय, उद्योगी र स्थानीय सबै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराइएको छ।

NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...