काभ्रे कांग्रेसको कार्यवाहक सभापतिमा सचिव गुणराज मुक्तान

 काभ्रेपलाञ्चोक, १२ कार्तिक । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रिक्त रहेको जिल्ला सभापतिको कार्यभार जिल्ला सचिव गुणराज मुक्तानले सम्हाल्नु भएको छ ।


पार्टी विधान अनुसार सभापतिको अनुपस्थितिमा सचिवले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था अनुसार जिल्ला कार्यसमितिले मुक्तानलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।


सचिव देखि सभापति सम्मको यात्रा

जिल्ला सचिवको रुपमा रहेर पार्टी संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएका मुक्तान अब जिल्लाको सम्पूर्ण नेतृत्वमा आउनु भएको छ । सचिवको रुपमा उहाँले देखाउनु भएको कार्यक्षमता, इमान्दारिता र सबैलाई समेटेर लैजान सक्ने क्षमताका कारण नै उहाँलाई यो जिम्मेवारी दिइएको नेताहरुको भनाइ छ ।


काभ्रे कांग्रेसका लागि गौरवको क्षण

तीर्थ लामा जस्तो अनुभवी नेता केन्द्रीय सदस्यमा पुग्नु र गुणराज मुक्तान जस्तो युवा, बौद्धिक र ऊर्जावान नेता जिल्लाको कार्यवाहक सभापति बन्नुले काभ्रे कांग्रेसमा नयाँ ऊर्जा थपेको छ ।


लामो समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको मूलधारमा सक्रिय मुक्तान युवा माझ अत्यन्त लोकप्रिय हुनुहुन्छ । उहाँको नियुक्तिले काभ्रे कांग्रेस थप चलायमान र एकताबद्ध हुने विश्वास गरिएको छ ।


नवनियुक्त कार्यवाहक सभापति मुक्तानलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !


- Update Nepal Bite


NextGen Digital... Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...